सांसदहरुलाई रवि लामिछानेको निर्देशन : योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन, परिणाममुखी काम गर्नूस्

वैशाख २७, २०८३ |कान्तिपुर टीभी संवाददाता
सांसदहरुलाई रवि लामिछानेको निर्देशन : योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन, परिणाममुखी काम गर्नूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताउनुभएको छ ।

 पार्टीका सांसदहरूका लागि आइतबार ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पार्नुभयो । लामिछानेले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताउनुभयो । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उहाँको भनाइ छ ।

उहाँले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.