
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरु कमजोर बन्दै गएको सम्वद्ध दलका नेताहरुले नै स्वीकार गरेका छन् ।
फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनले कम्युनिष्ट पार्टीलाई ठूलो धक्का दिएको नेताहरुको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा नेकपाका नेताहरुले कम्युनिष्ट शक्ति आफ्नै अगाडि ओरालो लागेको भन्दै सत्तामा बस्दाको फोहर सफा गरेर फेरि जनतामा जाने बताए ।
नेकपा एमालेका नेताहरुले पार्टी सच्च्याएर अघि बढ्ने भन्दै चुनाव परिणाम स्वीकार्य भएको तर आफूहरुले सधैका लागि भने नहारेको बताए । कम्युनिष्ट आन्दोलनलाई फेरिमाथि उठाउन नयाँ शीराबाट काम गर्नुपर्ने र पार्टीहरुले आफूभित्र गम्भीर समीक्षा तथा आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता पनि कम्युनिष्ट नेताहरुले औंल्याएका छन् ।