संघीयतासम्बन्धी विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने हर्क राईकाे भनाइ

वैशाख ६, २०८३ |कान्तिपुर टीभी संवाददाता
संघीयतासम्बन्धी विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने हर्क राईकाे भनाइ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राईले संघीयताको मर्मअनुसार काम नभएको पनि दाबी गर्नुभयो । उहाँले मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानुनमा तत्काल परिवर्तन ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

अध्यक्ष राईले सरकारले श्रमदान गर्नेहरुलाई आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.