
काठमाडौँ । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठक बसिरहेको छ । बैठकमा कांग्रेसबाट अर्जुननरसिंह केसी, भीष्मराज आङदाम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहरूको सहभागिता रहेको छ ।
बैठकले संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । विपक्षी दलहरूबीचको यो सहकार्यले संसद्मा सरकारलाई जवाफदेह बनाउन थप बल पुग्ने नेताहरूले बताएका छन् । लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको हो । यद्यपि श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने बताइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त उम्मेदवारले समितिको नेतृत्व गर्ने निश्चित छ ।