नेकपाकी सांसद राई भन्नुहुन्छ, ‘सरकारको बारेमा बोल्न पटक्कै मन छैन तर चुपचाप बस्न पनि सकिएन’

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेकपाकी सांसद राई भन्नुहुन्छ, ‘सरकारको बारेमा बोल्न पटक्कै मन छैन तर चुपचाप बस्न पनि सकिएन’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उहाँले सरकारले निजी सञ्चारमाध्यामहरूमाथि सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताउनुभएको हो । सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरू गर्दै गएको उहाँको भनाइ छ । 

उहाँले निजी सञ्चारमाध्यामहरूलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकोले फिर्ता लिन माग गर्नुभयो । उहाँले ठूलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभए पनि एकपछि अर्को विवादीत काम गरेपछि नबोली बस्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय महिला तथा किशोरीमाथि पनि साइबर हमला हुने गरेको बताउनु भयो । महिलामाथि हुने साइबर हिंसालाई रोक्न कडा कदम चाल्न उहाँले सरकारसँग माग पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.