
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णयको विरोध गर्दै जवाफ माग गर्नुभएको छ ।
सोमबार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले झन्डै २८ अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गर्नुभएको हो । पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण नलिने वाचा गरेर आएको दलले सत्तामा आउनेबित्तिकै २८ अर्ब रूपैयाँ ऋण लिएको भन्दै उहाँले आश्चर्य प्रकट गर्नुभयो ।
पुनले देशको आवश्यकताअनुसार ऋण लिनु स्वभाविक भए पनि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्वाधार निर्माण र रोजगारीको क्षेत्रमा ऋणको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।