
गोरखा । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी गोरखामा पनि गठन भएको छ ।
गोरखा सदरमुकाममा आयोजित भेलाले फत्त बहादुर गुरुङ संयोजक रहेको १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको सहसंयोजकमा राम जोशी, सचिवमा उज्वल थापा, सहसचिव निर्मल परियार, सहसचिव लाल बहादुर गुरुङ, कोषाध्यक्ष रुप बहादुर गुरुङ र सहकोषाध्यक्ष यम बहादुर गुरुङ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा प्रेम गुरुङ, एलिसा गुरुङ, विकास गुरुङ, सुवास गैरे, प्रमिला थापामगर, मनु गुरुङ, मेघ गुरुङ र राम घले रहेका छन् । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखामा प्रत्यक्षमा श्रम संस्कृति पार्टी तर्फबाट कोही उम्मेदवार थिएन ।