एमालेभित्र चर्कियो विवाद

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेभित्र चर्कियो विवाद

काठमाडौं । नेकपा (एमालेणभित्र संसदीय दलको नेता निर्विरोध चयनको तीन दिनमै विवाद बढेको छ।

संसदीय दलका नेता तथा पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसद् बैठकमा दिएको अभिव्यक्तिको पार्टीभित्र आलोचना भएको छ। विवाद बढेपछि शुक्रबार बसेको सचिवालय बैठकले ठोस निर्णय भने गरेन । तर, नेतृत्व हस्तान्तरणको मागसहित एमाले मुख्यालय च्यासलमा पुगेका युवाहरूले पार्टीका पदाधिकारी नेतालाई फूल उपहार दिएका थिए । 

अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमै रहेको बेला संसदीय दलको नेता सर्वसम्मत चयन भएका थापाले नेपाली सेना र कर्मचारीबारे पार्टीको नीति विपरीत अभिव्यक्त दिएको भन्दै पदाधिकारीहरूले नै विरोध गरेपछि सचिवालय बैठक बोलाएको थियो । बिहीबारको बैठकमा नेता थापाले भदौ २३ को जेन-जी आन्दोलन भदौ २४ को विध्वंस र फागुन २१ को निर्वाचन परिणामको विषयलाई लिएर तत्कालीन सुशीला कार्की सरकार, नेपाली सेना, कर्मचारी, विदेशी शक्ति र केही गैरसकारी संस्थाको हात हरेको बताएपछि एमालेभित्र ठूलै तरङ्ग आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.