रास्वपा उपसभापति अर्यालद्वारा सभामुखका लागि मनोनयन दर्ता

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा उपसभापति अर्यालद्वारा सभामुखका लागि मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिनुभएको छ । शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई उहाँले मनोनयनपत्र बुझाउनुभएको हो ।

सो अवसरमा पार्टीका सभापति रवि लामिछाने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरू सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा १ सय ८२ सिट रहेकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित छ ।

यसअघि उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.