एमालेको नयाँ रणनीति : सदनमा ‘वाचडग’को भूमिका, भोलिको बैठक चल्न दिने

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको नयाँ रणनीति : सदनमा ‘वाचडग’को भूमिका, भोलिको बैठक चल्न दिने

काठमाडौं । नेकपा (एमाले)ले संसद्‌मा आफूलाई एक सजग ‘वाचडग’ (पहरेदार)को रूपमा पस्तुत गर्ने संकल्प गरेको छ ।

संसदीय दलको बैठकपछि बोल्दै नेता रामबहादुर थापाले पार्टीले प्रतिपक्षको भूमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताउनुभएको हो । एमालेले सदनलाई मात्र नभइ सडक र अदालतको मोर्चालाई पनि उपयोग गर्दै जनताका मुद्दा उठाउने बताएको छ । 

बिहीबारको संसद् मुख्यतः परिचय र बधाइ साटासाट गर्नै भएकाले संसद् चल्न दिने उहाँले बताउनु भयो । आफ्ना आवाजहरू भने दृढतापूर्वक राख्ने उहाँको भनाइ छ । बिहीबार बस्ने सदनको बैठकबारे जानकारी दिँदै थापाले भन्नुभयो, ‘भोलिको सदन मुख्यतः परिचय र बधाइ साटासाट गर्ने कार्यक्रम भएकोले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौँ । सदन चल्न दिन्छौँ, तर हाम्रा आवाजहरू र प्रश्नहरू भने दृढतापूर्वक उठाउनेछौँ ।’

सरकारलाई जवाफदेही बनाउन र आफ्ना घोषणापत्रका प्रतिबद्धताहरू पूरा गराउन एमालेले सदनमा रचनात्मक तर आक्रामक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.