एमाले संसदीय दलको नेतामा उपाध्यक्ष थापाको नाम प्रस्ताव, सुहाङको पनि दाबी

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले संसदीय दलको नेतामा उपाध्यक्ष थापाको नाम प्रस्ताव, सुहाङको पनि दाबी

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको नाम प्रस्ताव भएको छ ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी दलको बैठकमा थापालाई दलको नेता बनाउने प्रस्ताव पेस भएको हो। तर, सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गर्नुभएको छ । नेम्वाङले निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग गर्दै त्यसका लागि आफू पनि उपयुक्त भएको बताउनुभएको थियो । 

युवा सांसदलाई दलको नेता बनाउन उपयुक्त हुने धारणा उहाँले राख्नु भएको थियो । संसदीय दलको नेतामा दुई जनाको कुरा उठेपछि सहमतिको प्रयास भइरहेको नेताहरूले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.