एमाले संसदीय दलको नेतामा थापा निर्विरोध (पत्रसहित)

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले संसदीय दलको नेतामा थापा निर्विरोध (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध हुनुभएकाे छ।

दलको नेतामा थापाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयाे । एमाले संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले दाबी गर्नुभएकाे थियाे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलको विधान २०७७ दफा ६ अनुसार हुने संसदीय दलको नेता चयन गर्ने कार्यक्रम अनुसार एकमात्र उम्मेदवार प्रतिनिधिसभाका सदस्य माननीय रामबहादुर थापाको मात्र उम्मेदवारी पर्न आएको हुनाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएकाे एमालेद्वारा जारी पत्रमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.