कांग्रेस संस्थापन इतर पक्षको अडान : १४औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस संस्थापन इतर पक्षको अडान : १४औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरूले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरू नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।

बुधबार आफू पक्षका नेताहरूको भेलामा सहभागी भएका नेताहरू गुरू बराल, डा. रणबहादुर रावललगायतका नेताहरूले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रीय कार्य समितिलाई वैधानिकता दिएर आफूहरू नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याउनुभएको हो । 

नेताहरूले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरू १५औँ महाधिवेशनको तयारीमा जुटने र त्यसमा कांग्रेसका सबै समूहहरू सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् । नेता बरालले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई विधिवत रूपमा मानेर आफूहरू १५औँ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पार्नुभयो ।

अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रीय कार्यसमिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गर्नुभयो । उहाँले १४औँ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरू १५औँ महाधिवेशनको तयारीमा रहेको पनि बताउनु भयो ।

यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.