प्रधानमन्त्री र मधेश प्रदेशका सांसदहरूबीच के भयाे छलफल ?

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री र मधेश प्रदेशका सांसदहरूबीच के भयाे छलफल ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो ।

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भयो ।” प्रधानमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसक्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.