दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक छ : मुख्यमन्त्री आचार्य

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

एमाले अर्घाखाँची-रूपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकमा उहाँले सङ्गठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो । नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्याङ्कन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राख्नुभयो । 

उहाँले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताउनुभयो । बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाललगायतले आफ्ना धारणा राख्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.