
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न निर्देशन दिएको छ।
संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको उहाँको भनाइ छ र त्यस्तै धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न पनि निर्देशन दिएको छ।
त्यस्तै आगामी निर्वाचनको टिकटबारे कसैसँग प्रतिबद्धता नजाउन निर्देशन समेत दिएको छ । बैठकमा प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा पनि जुट्न पनि सांसदहरुलाई निर्देशन दिइएको नेताहरुले जनाएका छन् ।