‘भदौ २३ र २४ को घटना बुझाउन नसक्दा नेतृत्वमाथि भ्रम फैलियो’ : उपमहासचिव भट्ट

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘भदौ २३ र २४ को घटना बुझाउन नसक्दा नेतृत्वमाथि भ्रम फैलियो’ : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले पार्टीले गरेका राम्रा कामहरू र महत्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढङ्गले बुझाउन नसक्दा पार्टीले अहिलेको परिणाम भोग्नुपरेको स्वीकार गर्नुभएको छ ।

गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई जनतासमक्ष सही रूपमा सम्प्रेषण गर्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको उहाँले बताउनुभएको हो । आफ्नो व्यक्तिगत धारणा राख्ने क्रममा भट्टले पार्टीको समग्र समीक्षापछि मात्रै आधिकारिक निष्कर्ष निस्कने भए पनि आफूले देखेका कमजोरीहरू पार्टी कमिटीमै राख्ने बताउनु भयो ।

उहाँकाअनुसार ती घटनाक्रमहरू कसरी भए, त्यसमा पार्टी र नेतृत्वको भूमिका के थियो भन्ने यथार्थ कुरा जनतामाझ पुग्न नसक्दा पर्दा पछाडिका खेलहरूले प्रश्रय पाएका हुन् । जसका कारण एमाले र यसको नेतृत्वमाथि सुनियोजित रूपमा आक्रमण भयो र जनतामाझ एउटा गलत भाष्य खडा गरियो । त्यही भ्रम र गलत भाष्यका कारण जनमत एमालेको विपरीत गएको उपमहासचिव भट्टको प्रारम्भिक बुझाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.