जनताको मतलाई स्वीकार गर्छु – केपी ओली

फाल्गुन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनताको मतलाई स्वीकार गर्छु – केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताउनुभएको छ । निर्वाचनको परिणामपछि सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै अध्यक्ष ओलीले 'लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको' बताउनुभएको हो ।

यस पटकको निर्वाचनमा आफुले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार्दै उहाँले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु आफु र आफ्नो पार्टीको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उहाँले बताउनुभएको छ ।

अध्यक्ष ओली झापा ५ बाट रास्वपा वरिष्ठ नेता वालेन्द्र शाहसँग करिव ५० हजार मतान्तरले पराजित हुनु भएको थियो भने देशभर एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.