
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि नेतृत्वप्रति टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले नेतृत्वप्रति नै टिप्पणी गर्नुभएको हो । उहाँले लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ भनेर पार्टीका शीर्ष नेताप्रति नै टिप्पणी गर्नुभएको छ ।
पार्टीलाई समयमै सुधारेन भने डाइनोसर बन्न सकिनेतर्फ पनि उहाँले संकेत गर्नभयो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएकाे छ, “नोस्टाल्जिक हुने गरी पार्टी जीवनका उकाली–ओरालीको फ्ल्यासब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन, रि–थिङ्क, रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमा भइहाल्छ। पिरामिड थियो, फुली थप्न सोली बनायौं। लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ। समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त? डोन्टओरी!”