काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभएको छ ।

उहाँको निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाउनु भयो । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आउनुभएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.