आफूले पाएको जिम्मेवारी पूरा गर्न पाउँदा खुशी छु : प्रधानमन्त्री

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
आफूले पाएको जिम्मेवारी पूरा गर्न पाउँदा खुशी छु : प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान पछि संक्षिप्त कुरा गर्दै उहाँले देशको भविष्य निर्धारण गर्न सबैले मतदान स्थलमा पुगेर मतदान गर्नुपर्ने बताउनुभएको हो । 

उहाँले आफूले पाएको जिम्मेवारी पूरा भएकोमा निकै खुसी लागेको बताउनुभयो ।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दल प्रतिष्पर्धामा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.