
भक्तपुर । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ पर्नुभएको छ ।
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिदैँ आएका दुर्गा प्रसाईँ फेरि पक्राउ पर्नु भएको हो । उहाँलाई आज बिहान भक्तपुरस्थित निवासबाटै प्रहरीको टोलीले पक्राउ गरेको हो । राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका अगुवा प्रसाईँले चुनाव बिथोल्ने अभिव्यक्ति दिदै आउनु भएको थियो । निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो।
प्रसाईं यसअघि पनि पटक- पटक पक्राउ पर्दै छुट्नु भएको थियो ।