देशको जिम्मेवारी कांग्रेसको काँधमा आएको विश्वप्रकाश शर्माकाे भनाइ

फाल्गुन १६, २०८२ |खम्म खत्री
देशको जिम्मेवारी कांग्रेसको काँधमा आएको विश्वप्रकाश शर्माकाे भनाइ

अछाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस देश बनाउने योजनाका साथ जनता माझ आएकोले २१ गतेको आम चुनावमा बहुमत दिन जनतालाई आह्वान गर्नु भएको छ ।

शनिबार अछामको साँफेबगरमा भएको कांग्रेसको चुनावी सभालाई सम्बाेधन गर्दै शर्माले देशमा असहज परिस्थितिमा कांग्रेसले नेतृत्व गरेको बताउनुहुँदै समृद्धिका लागि भदौ २४ पछिको विषम् परिस्थितिमा देशको जिम्मेवारी कांग्रेसको काँधमा आएको जिकिर गर्नुभयो ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।