
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनपछि बन्ने रास्वपा नेतृत्वको सरकारले २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्ने बताउनुभएकाे छ।
सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित चुनावी सभालाई सम्बाेधन गर्दै लामिछानेले यस्ताे बताउनुभएकाे हाे ।
यस्तै उहाँले सुशासन रास्वपाको प्रमख लक्ष्य हुने दाबीसमेत गर्नुभयाे । सभापति लामिछानेले आगामी दिनमा शिक्षकहरूलाई राजनीतिक दलको भोट बैंक बन्न नदिने समेत स्पष्ट पार्नुभयाे। शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताउँदै उहाँले शिक्षा नीति विद्यार्थीको हितमा बन्नुपर्ने प्रष्ट पार्नुभयाे।
लामिछानेले आफ्नो पार्टीको सरकार बनेपछि किसानलाई मल, बीउ र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता समेत जनाउनुभयाे। सम्बोधनका क्रममा सभापति लामिछानेले हेटौंडा सिमेन्ट उद्योगको सन्दर्भ उठाउँदै उद्योगहरूलाई राजनीतिक भर्ती केन्द्र बनाइँदा समस्या भएको जिकिर गर्नुभयाे ।