
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले निकुञ्जबाट निस्किने हात्तीबाट हुने मानवीय र भौतिक क्षति जोगाउन पक्की छेकबार निर्माण गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग ३२ किलोमिटर सीमा जोडिएको ठाकुरद्वारा नगरपालिका क्षेत्रमा मानव र वन्यजन्तु द्वन्द्वको न्यूनीकरणको लागि १७ किलोमिटर लामो पक्की हात्ती छेकबार बनाइएको हो ।
पालिकाको १, २, ४, ६ र ७ वडामा छेकबार निर्माण गरिएको छ । हात्ती, बाघलगायतका जंगली जनावरको निकै त्रास रहेको यस क्षेत्रमा बनेको पक्की छेकबारले अब समस्या न्यून हुने विश्वास गरिएको छ । जसबाट ५ हजार घरधुरी लाभान्वित हुनेछन् ।
त्यस्तै बबई सिँचाइ आयोजनाले हात्ती छेकबार हुने गरी करिब डेढ किलोमिटर लामो प्यानल निर्माण गरेको छ । यसले वन्यजन्तु बस्ती र अन्नबालीमा पस्नबाट जोगाउँछ ।