
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ ।
आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको उल्लेख गर्दै तत्काल बन्द हुनुपर्ने प्रतिक्रिया दिनुभएको हो ।
त्यसैगरी कांग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुतामा असर पुर्याउने काम भइरहेको भन्दै त्यस्ता खालका गतिविधिहरू कहीँ कतैबाट पनि हुन नहुने भनेको छ । प्रवक्ता चालिसेले सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति दिनेकुरा कुनै पनि पार्टीले गर्न नहुने बताउनु भयो ।
प्रवक्ता चालिसेले नेपाली कांग्रेसले पार्टीले जारी गरेको प्रतिज्ञा पत्र पनि आम मतदाताको आकर्षण रहेको जिकिर पनि गर्नुभयो ।