कर्णालीवासीका सपना रास्वापाले पूरा गर्छ : रवि लामिछाने

फाल्गुन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्णालीवासीका सपना रास्वापाले पूरा गर्छ : रवि लामिछाने

सुर्खेत । सुर्खेतमा आयोजित सभामा चुनावी वाचा सार्वजनिक गर्दै रास्वपा सभापति छामिछानेले निर्वाचन नै लोकतन्त्रको सबैभन्दा बलियो पक्ष भएको बताउँदै लोकतन्त्रलाई खतरा छ भनेर निर्वाचन हुन नदिनेहरूलाई भोटबाटै परास्त गर्नुपर्नेमा जोडदिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले लोकतन्त्रको जोबाट खतरा थियो, ऊ हेलिकोप्टर जढेर भागेकोले अब उक्त हेलिकोप्टर सिंहदरबारमा ल्याण्ड हुन नहुने टिप्पणी गर्नुभयो ।

कर्णालीको प्रकृति, भूगोल र सम्पदाको चर्चा गरेको वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको पीडा र दुःख बुझ्ने नेता नभएका पछि परेको भन्दै अब कर्णालीवासीका सबै सपना रास्वापाले पूरा गर्ने दाबी गर्नुभयो ।

रास्वपाले संवैधानिक निकायहरुको संस्थागत सुशासन गर्ने, अनलाइन मार्फत सार्वजनिक सेवा प्रवाह, भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयन र न्यायालयमा भएको भागबण्डा अन्त्य गर्ने वाचा पनि गरेको छ ।

संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्ने, ७ प्रतिशतको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने,अत्याधुनिक डिजिटल पार्क निर्माण गरी ५ लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ ।

यसैगरी, आगामी दशकमा ३० हजार मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने, पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने, रेलमार्ग बिस्तारको ५० वर्षे गुरुयोजना बनाउने र प्रत्येक प्रदेशमा कम्तीमा एक अत्याधुनिक अपांगता पुनस्र्थापना विशिष्टिकृत स्रोत केन्द्र स्थापना गर्ने पनि रास्वपाको वाचापत्रमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.