
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
मंगलबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ का मतदातासामू प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याउन आगो लगाएको भए पनि आफ्नो पार्टी पहिलो बन्ने जिकिर गर्नुभएको हो ।
उहाँले निवर्तमान प्रतिनिधि सभामा एमाले दोस्रो पार्टी भए पनि निर्धारित समयभन्दा अगावै हुनलागेको चुनावले पहिलो हुने मौका दिएको बताउनुभयो । उहाँले देशमा अराजकता मच्चाउने, राज्यको सम्पत्ति आगजनी गर्नेलाई नेपाली हुँ भन्न पनि लाज लाग्नुपर्ने टिप्पणी समेत गर्नुभयो ।