राजनीतिमा देखिएको लोडसेडिङ हटाउन आफू निर्वाचनमा होमिएको कुलमानकाे भनाइ

फाल्गुन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिमा देखिएको लोडसेडिङ हटाउन आफू निर्वाचनमा होमिएको कुलमानकाे भनाइ

चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा देखिएको लोडसेडिङ हटाउन आफू निर्वाचनमा होमिएको बताउनुभएको छ।

चुनावी प्रचार-प्रसारका क्रममा मंगलबार चितवन पुग्नुभएका घिसिङले भरतपुरको चौबिसकोठीमा सम्बोधन गर्दै विद्युतीय क्षेत्रमा देखिएको लोडसेडिङ हटाउन सफल भएको भन्दै अब राजनीतिमा देखिएको लोडसेडिङ हटाउन निर्वाचनमा होमिएको दाबी गर्नुभयो ।

उहाँले राजनीतिमा व्यथिति र अँध्यारो अवस्था आएको भन्दै राजनीतिलाई उज्यालो बनाउन आफू अघि सरेको दोहोर्याउनुभयो । ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.