सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौं : कुलमान घिसिङ

फाल्गुन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै उहाँले सरकारको नेतृत्व गर्नका लागि नै राजनीति गरिएको बताउनुभएको हो । अध्यक्ष घिसिङले सिंगै देशको समस्या समाधानका लागि संसद्‌मा रहेर पनि आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताउने बताउनु भयो । 

उहाँले सरकारमा गएपछि पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका अनुसारको काम गर्ने समेत बताउनु भयो । अध्यक्ष घिसिङले भन्नुभयो, ‘सबैले राजनीति गर्ने भनेको फेरी पनि सरकारको नेतृत्व गर्नका लागि नै हो । र, त्यो सँग-सँगै समाजमा देखिएका र देशको समस्यालाई समग्रमा विपक्षमा बसेर पनि र संसद्को एउटा सशक्त प्रतिनिधि भएर पनि धेरैले धेरै आवाज उठाइरहेको हुन्छ । अब सरकारको नेतृत्व गर्नका लागि नै राजनीतिक दल खोलेको हुन्छ । राजनीतिमा आएको हुन्छ । त्यो नेतृत्व गर्नका लागि हामी सरकारमा जान्छौँ । र, यो प्रतिबद्धता पूरा गर्छौ भनेर भन्छौँ ।’

अध्यक्ष घिसिङले मुलुकको समृद्धिका लागि जलविद्युतको उत्पादनमा जोड दिइएको समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.