नेपाली कांग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो : कमल थापा

फाल्गुन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रूपमा लिएको बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले नेपाली कांग्रेसले पनि वामपन्थी विचारधारालाई अघि बढाएको दाबी गर्नुभयो । उहाँले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाडेर बसेको भए पनि त्यसको विपरीत साम्यवाद, मार्क्सवाद र समाजले डोहोर्‍याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गर्नुभयो ।

नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यकता रहेको अडानसमेत दोहोर्‍याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.