साम्यवाद र समाजवादी दर्शन विश्वबाटै असफल भइसक्यो : राजेन्द्र लिङदेन

फाल्गुन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
साम्यवाद र समाजवादी दर्शन विश्वबाटै असफल भइसक्यो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले साम्यवादी र समाजवादी दर्शनहरू असफल भइसकेको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष लिङदेनले समाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरू पनि संवर्द्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गर्नुभयो । उहाँले मुलुकलाई बनाउन पनि र बचाउन पनि संवर्द्धनवाद उपयुक्त विचारधारा भएकाले आफ्नो पार्टीले त्यसलाई अंगिकार गरेर अघि बढेको समेत बताउनु भयो ।

त्यस अवसरमा अध्यक्ष लिङदेनले गैरआवासीय नेपालीहरूलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउनुपर्ने कुनै कारण नरहेको समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.