आफू अन्तिमपल्ट चुनाव लड्न रूकुम आएको पुष्पकमल दाहालकाे भनाइ

फाल्गुन १, २०८२ |महेश केसी
आफू अन्तिमपल्ट चुनाव लड्न रूकुम आएको पुष्पकमल दाहालकाे भनाइ

रूकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टी-नेकपाका संयोजक पुष्पकमल दाहालले आफू अन्तिमपल्ट चुनाव लड्न रूकुम आएको बताउनुभएको छ ।

माओवादी सशस्त्र विद्रोहको दिवसको सन्दर्भ पारेर रूकुम पूर्वको भुमे गाउँपालिकास्थित खाबाङबगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै दाहालले परिवर्तनका लागि भएको लडाईँमा रूकुम पूर्वले गरेको योगदान र बलिदानको सम्मान गर्दै रुकुमेलीप्रति आभार व्यक्त गर्न यसपल्ट यहाँबाट उम्मेदवार बनेको बताउनुभयो ।

उहाँले अगामी पाँच वर्षका लागि आफ्नो पार्टीले सरकार चलाउन पाएमा देशलाई विकासको मार्गमा प्रवेश गराउने समेत दाबी गर्नुभयो ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।