
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई आग्रह गर्नुभएको छ ।
श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रafर काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आग्रह गर्नुभएको हो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरूको मात्र नभइ मतदाताको समेत दोष रहेको उहाँको भनाइ छ ।
उहाँले मतदान कन्यादान भन्दा समेत ठूलो कुरा भएको उल्लेख गर्दै सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गर्नुभयो । मत एउटा गलत व्यक्ति र गलत पार्टीलाई पर्यो भने सिंगो समाज र देशले दुःख पाउने उहाँको बुझाइ छ
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई अघि सार्दै फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि हुँदैछ ।