निर्वाचनका लागि भारतबाट फर्कँदै नेपाली

माघ २९, २०८२ |रेजिना मल्ल
निर्वाचनका लागि भारतबाट फर्कँदै नेपाली

बाँके ।  निर्वाचनको मिति नजिकिएसँगै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा पुगेका नेपालीहरू मतदानका लागि लागि फर्कने क्रम बढेको छ । सीमावर्ती नाकाहरूमा चुनावका लागि स्वदेश फर्किने नेपालीहरूको चाप बढ्दै गएको छ।

भारतका मुम्बई, गोवा, पुने, देहरादुन, पञ्जाब, हरियाणा लगायतका स्थानमा मजदुरी गर्दै आएका नेपालीहरू काम छोडेर भए पनि मत हाल्न गाउँ फर्किरहेका छन्। बिहानैदेखि सीमावर्ती नाकामा फर्किने नेपालीको लाम देख्न सकिन्छ। मताधिकार प्रयोग गर्न फर्किएका उनीहरु जनप्रतिनिधि छान्न उत्साहित देखिन्छन् ।

मतदाताहरूले देशलाई सक्षम, इमानदार र जनताको पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। विशेषगरी देशमै रोजगारी सिर्जना गर्ने र युवालाई विदेश जान बाध्य नबनाउने नेतृत्वको अपेक्षा उनीहरूले राखेका छन्। आफ्नो मतको सदुपयोग हुनेमा उनीहरु आशावादी पनि छन् ।

निर्वाचन नजिकिँदै जाँदा मत हाल्न स्वदेश फर्किने नेपालीहरूको बढ्दो उपस्थितिले लोकतन्त्रप्रतिको विश्वास र नागरिक जिम्मेवारीलाई उजागर गरेको छ। आगामी निर्वाचनमा मतदाता सहभागिता उत्साहजनक हुने अपेक्षा गरिएको छ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।