फागुन २१ गतेको निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प छैन् : दाहाल

माघ २९, २०८२ |प्रदीप पन्त
फागुन २१ गतेको निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प छैन् : दाहाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा बागलङमा आयोजित जनसंवाद तथा भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले इमान्दार कम्युनिष्ट र देशभक्तिको अगाडी जनतामा जाने एउटा बलियो माध्यम निर्वाचन बनेको बताउनुभएको हो ।

कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले राष्ट्रिय स्वाधिनको लागि सवै बापपन्थीहरु एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।