आश्वासनमै दिक्क बागलुङका मतदाता निर्वाचन बारे के भन्छन् ?

माघ २५, २०८२ |प्रदीप पन्त
आश्वासनमै दिक्क बागलुङका मतदाता निर्वाचन बारे के भन्छन् ?

बागलुङ। प्रत्येक पटकको निर्वाचनमा उम्मेदवारहरूले उही आश्वासन बाँड्ने गरेपछि बागलुङका मतदाता दिक्क भएका छन् । राष्ट्रिय गौरवको आयोजनाअन्तगर्त मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे गर्ने, अन्य सडक निमार्ण, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवद्र्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दा हरेकपटक उठाउने गरे पनि आपूmले अनुभूत गर्नेगरी कुनै परिवर्तन नदेखेका मतदाता अब उम्मेदवारसँग जवाफ माग्ने निर्णयमा पुगेका छन् ।

बागलुङ काठेखोला गाउँपालिका–५ बिहुँपोखराका ८१ वर्षीय हेमलाल कँडेलको घर नजिकैबाट २८ वर्षअघि ट्रयाक खोलिएको मध्यपहाडी राजमार्ग जान्छ । कँडेललाई लाग्थ्यो आपूmले मत दिएर जिताएका उम्मेदवारले यो राजमार्ग पक्कै कालोपत्रे गर्नेछन् । तर उम्मेदवारले प्रतिवद्धता मात्रै जनाए काठेखालाबासीले राजमार्गबाट पाउने हिलो र धूलोको सास्ती उस्तै रह्यो ।

१ हजार ७ सय ८६ किलोमिटर मध्यपहाडी राजमार्गको बागलुङ खण्डमा १ सय ३५ किलोमिटर पर्दछ । घोडाबाँधेदेखि पश्चिम १ सय १२ किलोमिटर सडक कालोपत्रे भइसके पनि बिहुुँदेखि घोडाबाँधेसम्म पहिलो खण्ड तीन किलामिटर र दोस्रो खण्डको १२ किमी सडक अभैm पिच भएको छैन । मध्यपहाडी राजमार्गको यो खण्डमा ट्रयाक खोलिएको झण्डै तीन दशकमा छैटौंपटक आमनिर्वाचन हुँदैछ । तर उम्मेदवारले गरेका वाचना पूरा भएका छैनन् । समस्या जहाँको त्यही भएपछि मतदातामा उत्साह छैन ।

काठेखोला गाउँपालिका–५ किमबोटका ८० वर्षीय सीपी शर्मासँग पञ्चायतदेखि लोकतन्त्रिक गणतन्त्रसम्मका हरेक निर्वाचनमा मतदान गरेको अनुभव छ । अहिलेसम्म धेरै दलका उम्मेदवारलाई विजयी गराएर पठाए पनि आप्mनो गाउँ किमबोटका ५२ घरधुरीले कुनै सुविधा पाउन नसकेको उहाँको दुखेसो छ ।

वार्षिक पाँच करोडको सुन्तला उत्पादन हुने बागलुङमा बजारीकरणको समस्या, सिँचाइ, खानेपानी अभाव, स्वास्थ्य, शिक्षालगायत विकास निमार्णमा जनप्रतिनिधिले चासो नदेखाउँदा बसाइँसराई गर्ने क्रम बढ्दो छ । सन् २०२१ को जनगणनाले बागलुङको खुद बसाइँसराइ दर ८ प्रतिशतले ऋणात्मक देखाउनु यसकै परिणाम हो ।

चुनावको समयमा गाउँ पस्ने उम्मेदवार विजयी भएपछि फर्केर पनि नआउने हँुदा यसपटकको निर्वाचनमा सोचविचार गरेर मात्र मतदान गर्ने र जवाफ माग्ने तयारी मतदाताले गरिहँदा उम्मेदवारहरू .

प्रत्येक निर्वाचनमा उम्मेदवारहरूले प्रतिवद्धतापत्रमा सबै समस्या समाधान गर्ने बखान गर्ने तर काम भने पूरा नगर्ने प्रवृत्तिका बीच यसपटक ......

दुई क्षेत्र रहेको बागलुङमा २०७९ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी हुनुभएको थियो ।

यस पटकको निर्वाचनमा आफनो मत सदुपयोग होस् भन्ने बागलुङका मतदातले अपेक्षा गरेका छन् । कान्तिपुर समाचारका लागि प्रदीप पन्त, बागलुङ । 


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।