
काठमाडौं । नेपाली कांग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिबद्धता जनाएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यस्तो बताउनुभएकाे हाे । पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको बताउनु भयो ।
त्यसका लाग विज्ञहरूसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको उहाँले बताउनु भयो । कांग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उहाँको भनाइ छ । सबैले सहज रूपमा बुझ्नसक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने उहाँले बताउनु भयो ।
उहाँले कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय कार्यान्वयन भइसकेको पनि बताउनु भयो ।