
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताउनुभएको छ ।
शुक्रबार जनकपुुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निवर्तमान सभापति देउवासहितका नेताहरूसँग निरन्तर संवादमा रहेको बताउनुभएको हो । सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिनुभयो ।
हिजोका कुरालाई लिएर कांग्रेसका कुनै पनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाइ थियो । उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।
सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकी नराख्ने पनि बताउनु भयो ।