
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरूप चित्र भएको टिप्पणी गर्नुभएको छ ।
सो पार्टीको केन्द्रीय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव चन्दको जिकिर थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लैजाने सहमतिबाट भागेर दाहालले सो पार्टी बनाएको आरोप समेत लगाउनु भयो ।
महासचिव चन्दले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरूसँग आफूहरूको एकता हुन नसक्ने पनि बताउनु भयो । महासचिव चन्दले निर्वाचनको प्रचार अभियानका क्रममा आफू देश दौडाहामा निस्कने पनि बताउनु भयो ।