
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँग-सँगै लिएर निर्वाचनमा होमिने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । चालिसेले पार्टीको नीति र शैली पूर्णरूपमा परिवर्तन भइसकेको उल्लेख गर्दै नयाँ जोशका साथ मुलुकको निर्माणमा लाग्ने बताउनु भयो । अबको कांग्रेसले यो बीचमा अल्मलिएको अवस्थामा रहेको कांग्रेसको विरासतलाई नबोक्ने उहाँको जिकिर छ ।
उहाँले पार्टी अल्मलिएको अवस्थामा रहेको अवस्थाको विरासत समेत आफूहरू नबोक्ने उहाँको भनाइ छ । उहाँले पार्टीलाई हरेक वर्ग र समूदायको बनाएर यही भावका साथ अघि बढ्ने चालिसेको जिकिर छ ।