
पाल्पा । पाल्पाको रानीमहलदेखि तानसेन पाल्पा दरबार संग्रहालयसम्मको सम्पदादेखि सम्पदा उकालो साइक्लिङ चुनौती प्रतियोगिता सम्पन्न भएको छ ।
४५ वर्षमुनि र ४५ वर्ष माथिका प्रतियोगीलाई प्रतिस्पर्धामा सहभागी गराइएकामा १६ वर्षदेखि ४५ वर्ष उमेर समूहमा रूपन्देही बुटवलका निश्चल नेपाली पहिलो भएका छन् । दोस्रो रूपन्देहीकै निरज चौधरी भए भने तानसेनका दिलीप जीसी तेस्रो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २० हजार, १० हजार र ५ हजार नगदपुरस्कारका साथै मेडल, प्रमाणपत्र मायाको चिनो पाएका छन् । यस्तै ४५ वर्ष उमेर समूह पूरा गरेकाहरुबाट पाल्पा तानसेनका सेते लामा तामाङ पहिलो रूपन्देहीका नारायण श्रेष्ठ दोस्रो र पाल्पाकै कृष्णबहादुर सिंजाली तेस्रो भए ।