सोलुबासीलाई संयोजक दाहालको आग्रह : असिम राईलाई विजयी गराएर पठाउनुस्, सोलुको विकास म गर्नेछु’

माघ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सोलुबासीलाई संयोजक दाहालको आग्रह : असिम राईलाई विजयी गराएर पठाउनुस्, सोलुको विकास म गर्नेछु’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय महत्व राख्ने बताउनुभएको छ ।

सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा संयोजक दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरालाई संसारले चासोका साथ हेर्ने बताउनु भयो । उहाँले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गर्नुभयो । 

उहाँले असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी गर्नुभयो । सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

उहाँले जेन–जी आन्दोलपछि एकताको आवश्यकता ठानेर वामपन्थी शक्तिहरुबीच एकताको कार्य अगाडी बढाएको जानकारी दिनुभयो । उहाँले नेकपामा विभिन्न २३ वटा घटक मिल्ने स्थितिमा पुगेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.