
बाँके । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा महिला उम्मेदवार न्यून छन् । तीनवटै निर्वाचन क्षेत्रबाट ५६ जनाले उम्मेदवारी दर्ता गराउँदा जम्मा ५ जना महिला उम्मेदवार मात्रै मैदानमा छन्।
बाँकेमा माघ ७ गते सम्पन्न मनोनयन दर्ताअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ५६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तर तीमध्ये महिला उम्मेदवारको संख्या ५ जनामा सीमित हुनु समावेशी लोकतन्त्रका लागि चुनौतीको विषय बनेको छ ।
क्षेत्र नम्बर १ मा दुई जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नम्बर २ क्षेत्रमा महिला उम्मेदवार एक जना पनि छैनन् । क्षेत्र नम्बर ३ मा भने दुई जना दलीय र एक जना स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।
बाँकेमा कुल मतदाता संख्या ३ लाख ५० हजार ३ सय ७१ रहेको छ । ठूलो मतदाता संख्या रहेको जिल्लामा महिलाको उम्मेदवारी न्यून हुनु नीति निर्माण र निर्णय तहमा महिलाको प्रतिनिधित्व कमजोर हुने संकेत भएको सरोकारवालाहरू बताउँछन्।
राजनीतिक विश्लेषकहरूका अनुसार दलहरूले समानुपातिक र समावेशी प्रतिनिधित्वको कुरा गरे पनि प्रत्यक्ष निर्वाचनमा महिलालाई अवसर दिन हिच्किचाउने प्रवृत्ति कायमै छ।
एकजना सामान्य महिलाको पनि बाइट हाल्नुस् न किन महिला उम्मेदवार प्रत्यक्षमा छैनन् भनेर ।
फागुन २१ गतेको निर्वाचनमा देशभर प्रत्यक्षतर्फ ३४ सय ६ जना उम्मेदवार हुँदा महिला ३ सय ८८ जना मात्रै छन् । एक जना अन्य उम्मेदवार छन् ।