
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही पुग्नुभएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिनुभएका थापा जिल्ला पुग्नुभएको हो । सिमरा विमानस्थल हुँदै पुगेका थापालाई नेता, कार्यकर्ताले सर्लाही र रौतहटको सीमामा स्वागत गरेका थिए ।
थापा सर्लाहीको मूर्तियास्थित मुक्तेश्वर महादेव मन्दिरमा दर्शन सकेर आफ्नो क्षेत्र प्रवेश गर्नुभएको छ । सभापति थापाले धनकौलस्थित क्षेत्र नं. ४ को नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गर्नुभयो ।
कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंहका अनुसार पार्टी सभापति थापा ४ दिन आफ्नो क्षेत्रमा बसेर नेता, कार्यकर्तासँग भेटघाट र मतदातासँग भेट गर्ने कार्यक्रम रहेको छ ।