
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले)लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आह्वान गर्नु भएको हो । मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसका लागि सबै बामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरुबीचको एकता जरुरी रहेको बताउनु भयो ।
उहाँले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरुले पार्टीहरुबीचको एकता अभियानलाई तिव्रता दिएको समेत बनाउनु भयो । संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरुको चलखेललाई रोक्न पनि सबै देशभक्तहरुले एकताबद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताउनु भयो ।