
रुकुम पूर्व । प्रतिनिधी सभा सदस्य निर्वाचनका लागी रुकुम पुर्वबाट स्वतन्त्र उम्मेदवारी दिएका अमर सिं पुनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निवाृचन अधिकृतको कार्यालय रुकुम पूर्वले उनको नाम हटाएर बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।एउटा मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित ११ जना उम्मेदवार कायम भएका छन् । सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार नेकपाबाट दाहाल संगै नेपाली कांग्रेसबाट कुसुमदेवी थापा मगर, नेकपा एमालेबाट लीलामणी गौतम रहेका छन्रा ।
त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन, मंगोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेसलन रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शिरबहादुर बुढा, राप्रपाबाट रोशण शाह र नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगर चुनाबी प्रतिस्पर्धामा जाने पक्का भएको छ ।