ठगीका मुद्दाबारे रवि लामिछाने भन्छन्– जनताको मुद्दा बोकेर हिँडेको मान्छे, लड्दै गरौँला

माघ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
ठगीका मुद्दाबारे रवि लामिछाने भन्छन्– जनताको मुद्दा बोकेर हिँडेको मान्छे, लड्दै गरौँला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफू जनताको मुद्दा बोकेर हिँडेको दाबी गर्दै आफूमाथि लागेका मुद्दाको कुनै प्रवाह नभएको टिप्पणी गर्नुभएको छ ।

सोमafर जनकपुरधाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गत निर्वाचनमा चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद्‌बाट बाहिरिनुपरेको बताउनु भयो । उहाँले आसन्न निर्वाचनबाट रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी पनि गर्नुभयो । 

उहाँले जनताको समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको दाबी गर्दै पार्टीले परिवर्तनका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जब चितवनका जनताले मलाई अत्याधिक भोट दिएर मलाई पठाएका थिए । छलछाम गरेर मलाई संसद्‌बाट निकालियो । हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ । मेरो टाउकोमा लागेका मुद्दाहरूको कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन । जनताको मुद्दा बोकेर हिँडेको मान्छे लड्दै गरौँला, जित्दै गरौँला, हारे हारिन्छ, जिते जितिन्छ ।’

उहाँ पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र आफूबीच पाँच मिनेटमै एकताको टुंगो लागेको दाबी पनि गर्नुभयो । उहाँले सबैलाई वर्ग र समूदायका समस्याको सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै आउँदो चुनावमा बहुमतले जिताइदिन मधेशवादीलाई आग्रह पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.