
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी पाँच वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले आगामी पाँच वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको जिकिर गर्नुभएको हो ।
सभापति थापाले विगत केही समय यता सबै दलहरू सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताउनु भयो । सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।