
रूकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल साेमबार रूकुमपूर्वमा आई पुग्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न साेमबार दाहाल यहाँ पुग्नुभएको हो । अध्यक्ष दाहालले मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रूकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रूक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य सङ्घ रूकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताउनुभयो । जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा दाहालको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उहाँले बताउनुभयो ।